ग्लोबल आइएमई बैंककाे नयाँ ब्याजदर सार्वजनिक


 


काठमाडौं । ग्लोबल आइएमई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भोलि कात्तिक १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो ।

सार्वजनिक गरेको ब्याजदर अनुसार बैंकले कात्तिकमा साधारण बचत खातामा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ७ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने भएको छ । बैंकले रेमिटेन्स बचतमा भने ८ प्रतिशत ब्याजदर तोकेको छ ।

यस्तै, बैंकले मुद्दती निक्षेपमा संस्थागततर्फ ८ प्रतिशत र ब्यक्तिगततर्फ १० प्रतिशत ब्याजदर तोकेको छ । बैंककाअनुसार रेमिट्यान्स खातामा भने ११ प्रतिशत ब्याजदर तोकेको छ ।

प्रकाशित मिति: ३० आश्विन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्