एभरेष्ट बैंकको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बस्दै


 


काठमाडाैं । एभरेष्ट बैंकको लाभांश प्रस्ताव पारित गर्न आज मंगलबार असोज ३० गते साधारण सभा बस्दैछ ।

बैंकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १०.५३ प्रतिशत नगद गरी कुल २०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ ।

बैंकले प्रस्तावित बोनस सेयर जारी भएपश्चात पुँजीवृद्धि हुने भएकोले सोहीबमोजिम संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। संस्थापक सेयरधनीहरुका तर्फबाट सञ्चालक समितिमा नियुक्त भएका सञ्चालकको नियुक्ति सभाले अनुमोदन गर्नेछ ।

सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि पारित गर्नेछ । लाभांश र सभा प्रयोजनका लागि बैंकले यही असोज १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

यसर्थ असोज १५ गतेसम्म कायम सेयरधनीहरुमात्रै बैंकको लाभांश पाउन र सभामा भाग लिन सक्नेछन् ।

प्रकाशित मिति: ३० आश्विन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्