कार्तिक ३ गतेसम्म नयाँ नोट साट्न सकिने


 


काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमवारदेखि शुरु भएको दशैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधालाई आज मंगलबार पनि निरन्तरता दिदैछ ।

राष्ट्र बैंकले हरेक वर्ष दशैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधा दिने गरेको छ । विगतका वर्ष हरुमा जस्तै यो वर्ष पनि राष्ट्र बैंकले हिजोदेखि नयाँ नोट साट्न शुरु गरेको हो ।

नयाँ नोट सटही सुविधा आगामी शुक्रवार अर्थात कार्तिक ३ गते सम्म रहने राष्ट्र बैंकले जनाएको छ ।

नयाँ नोट सटही गर्दा प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँसम्म पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

प्रकाशित मिति: ३० आश्विन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्