आज चीन जाँदै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी


 


काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज चीन जाँदैछन् । चीनले आयोजना गर्न लागेको ‘थर्ड बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल को–अपरेसन’मा सहभागी हुन् मध्यान्ह १२ बजेर १० मिनेटमा मन्त्री श्रेष्ठ चीन प्रस्थान गर्न लागेका हुन् ।

बिआरआईसम्बन्धी कार्यक्रम कात्तिक १ र २ मा हुँदै छ, जसको उद्घाटन चिनियाँ राष्ट्रपति सी जिनपिङले गर्दै छन् । उपप्रधानमन्त्री श्रेष्ठ मंगलबार चिनियाँ राष्ट्रपतिद्वारा आयोजित स्वागत समारोहमा सहभागी हुने छन् ।

चीनका पब्लिक सुरक्षासम्बन्धी मन्त्री तथा स्टेट काउन्सिलर तथा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय सचिवालयका सदस्य वाङ सियाहोङको निमन्त्रणामा श्रेष्ठ जान लागेका हुन् ।

श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल, परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राई, गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई, स्वकीय सचिवद्वय सुरेशकाजी श्रेष्ठ र सुमन आचार्य रहने बताइएको छ ।

प्रकाशित मिति: २९ आश्विन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्