आज किन आउँदै छन् प्रधानमन्त्री प्रचण्ड सुदूरपश्चिम ?


 


कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सुदूरपश्चिम आउँदै छन् । समाजवादी मोर्चाको सन्देशसभा लगायतका विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री कैलाली आउन लागेका हुन् ।

उनी श्री एयरको नियमित उडानबाट बिहान सवा नौ बजे गेटा विमानस्थलमा आइपुग्ने छन् । त्यहाँबाट प्रधानमन्त्री लम्की प्रस्थान गर्ने छन् ।

लम्कीमा माओवादी प्रदेश उपाध्यक्ष स्वर्गीय महेश बडुवालको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभामा प्रधानमन्त्री सरिक हुनेछन् ।

घोडाघोडी बहुमुखी क्याम्पस भवनको शिलान्यास गर्ने र गौरीगङ्गा नगरपालिकाको भवन उद्घाटन गर्ने समेत कार्य सुची रहेको छ ।

प्रचण्ड करिब दुई बजे धनगढीमा समाजवादी मोर्चाको सभामा सहभागी हुने र बेलुकी साढे पाँच श्रीको उडानबाट काठमाडौँ फिर्ता हुने कार्यतालिका छ ।

प्रकाशित मिति: २९ आश्विन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्