धादिङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते


 


मलेखु, असोज २८ । धादिङ गङ्गाजमुना गाउँपालिका–४ गुम्दीमा जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् ।

दुर्घटनामा गङ्गाजमुना–२ का १४ वर्षीय अनुरोध तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

उनका अनुसार मे १ ज २६६९ नम्बरको जीप धादिङबेँसीबाट रिगाउँको तावल जाँदै थियो । दुर्घटनामा दुई बालकसहित पाँच जना घाइते भएका छन् ।

घाइतेको गुम्दी स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २८ आश्विन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्