हनुमान ढोकास्थित दसैं घरमा राखियो जमरा
काठमाडौं । काठमाडौंको हनुमान ढोकास्थित दसैं घरमा विधिवत रुपमा जमरा राखिएको छ ।
बिहान ११ बजेर २९ मिनेटको शुभसाईतमा दसैं घरमा घटस्थापना गरिएको हो।
नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल धुन बजाएका थिए भने बन्दुक पड्काएर बढाई गरिएको छ ।
दसैंको पहिलो दिन घटस्थापनको अवसरमा घरघरमा जमरा राख्ने प्रचलन छ ।
घटस्थापनापछि दसैं घरमा दैनिक बली दिई विधिपूर्वक पूजाआराधना गरिन्छ।
दसैंको पहिलो दिन वैदिक विधिपूर्वक द्वीप, गणेश र कलशको पूजा गरी जौको जमरा राख्ने गरिन्छ।
प्रकाशित मिति: २८ आश्विन २०८०, आइतबार