शान्ति र भातृत्व कायम गर्न भारतीय प्रधानमन्त्री मोदीको आह्वान


 


नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबैखाले आतङ्कवाद मानवताको विरुद्धमा रहेको जनाएका छन् । यशोभूमिमा आयोजित नवौँ पी २० सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले आतङ्कवाद मानवताको विरुद्धमा रहेको उल्लेख गरेका हुन् ।

हाल जारी हमास इजरायल युद्धप्रति सङ्केत गर्दै गर्दै प्रधानमन्त्री मोदीले शान्ति र भातृत्व कायम गर्न युद्धरत पक्षलाई आह्वान गरेका छन् ।

यसअघि उनले प्यालेस्टाइनी लडाकु समूह हमासले गरेको इजरायलमाथि गरेको आतङ्ककारी आक्रमणको निन्दा गरेका थिए ।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्स (यसअघिको ट्विटर) मा इजरायलमाथि हमासको आक्रमणपछि आफ्नो देश इजरायल ऐक्यबद्धताका साथ उभिएको उल्लेख गरे ।

इजरायलमा आतङ्कवादी हमलाको खबरबाट आफू स्तब्ध भएको भन्दै उनले आफूहरु इजरायलको साथमा रहेको जनाएका थिए ।

प्रकाशित मिति: २७ आश्विन २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्