चीनमा इजरायली कूटनीतिज्ञमाथि छुरा प्रहार


 


बेइजिङ । चीनमा इजरायली कूटनीतिज्ञमाथि छुरा प्रहार भएको छ ।

टाइम्स अफ इजरायलका अनुसार एक इजरायली कूटनीतिज्ञलाई चीनमा छुरा प्रहार गरिएको हो ।

यसलाई आतंकवादी हमला मानिएको छ । इजरायलको विदेश मन्त्रालयले यो जानकारी दिएको हो ।

हाल ती कूटनीतिज्ञको अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था स्थीर रहेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।

प्रकाशित मिति: २७ आश्विन २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्