पाकिस्तानले जनताबाट उठाउने कर राज्य सञ्चालनका लागि अपुग : विश्व बैंक


 


इस्लामावाद । विश्व बैंकले गहिरो आर्थिक समस्यामा फसेको पाकिस्तानले जनताबाट उठाउने कर राज्य सञ्चालनका लागि अपुग रहेको जनाएको छ ।

विश्व बैंकलाई उद्धृत गर्दै एआरवाई न्यूजले जनाएअनुसार पाकिस्तानजस्तो विकासशील मुलुकको कूल ग्राहस्थ उत्पादन र करको अनुपात कम्तीमा १५ प्रतिशत हुनुपर्ने भएपनि हाल केबल ११ दशमलब ६ प्रतिशत रहेको छ ।

विश्व बैंकले यस्तो अवस्थामा मुलुकका प्रमुख औद्योगिक एवम् आर्थिक क्षेत्रलाई लक्षित गरी कर संकलनलाई वृद्धि गर्नसमेत आग्रह गरेको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार विश्व बैंकले पाकिस्तानको कर संकलन दर यस क्षेत्रकै सबैभन्दा न्यून रहेको र तत्काल सुधार हुने सम्भावना नरहेको उल्लेख गरेको छ । बैंकले कृषि, घरजग्गा, खुद्रा, सुर्तीजन्य पदार्थमा थप कर लगाउनसमेत पाकिस्तानलाई सुझाव दिएको छ ।

प्रकाशित मिति: २७ आश्विन २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्