पाकिस्तानले दियो भारतसामु १ सय ९२ रनको लक्ष्य


 


अहमदाबाद, असोज २७ । भाारतमा जारी आईसीसी क्रिकेट विश्वकपमा पाकिस्तानले भारतसामु जीतका लागि १ सय ९२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४२.५ ओभरमा सबै विकेट गुमाएर १ सय ९१ रन मात्रै बनाएको हो ।

पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक ५० रन र मोहम्मद रिजवानले ४९ रन बनाए ।

कुनै समय २ विकेट गुमाएर १५५ रन बनाएर मजबुत स्थितिमा रहेको पाकिस्तान कप्तान बाबर आउट भएपछि विकेट पतन हुन सुरु भयो ।

त्यसपछिका ब्याट्सम्यानमा हसन अलीले १२ रन बनाउनबाहेक अन्यले ठुलो यागेदान दिन सकेनन् ।

यसअघि ओपनर अब्दुल्लाह सफिकले २० तथा इमाम उल हकले ३६ रन बनाएका थिए । भारतका लागि जसप्रित बुमराह, मोहम्मद सिराज, हार्दिक पाण्ड्या, कुलदीप यादव र रवीन्द्र जडेजाले २–२ विकेट लिए ।

प्रकाशित मिति: २७ आश्विन २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्