राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


 


काठमाडौं, असाेज २६
राष्ट्रिय सभा बैठक बस्दैछ । संघीय संसद्‌ भवन नयाँ बानेश्वरमा बैठक बिहान ११:३० बजे बस्नेछ ।

संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसूची अनुसार राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी रावल थापाले ‘राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७९/८९को बार्षिक प्रतिवेदन’ सभा समक्ष प्रस्तुत गर्ने छिन् ।

रमेशजंग रायमाझीले राष्ट्रियसभा नियमावली, २०७५ संसोधन मस्यौदा समितित गठन सबन्धी प्रस्ताव प्रस्तुत गर्ने तथा प्रकाश पन्थले अपाङ्गता भएका ब्यक्तिको अधिकार कार्यान्वयन सबन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रबिधी मन्त्री अशोककुमार राइले ‘शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वबिधालय बिधेयक २०८०’ बैठक समक्ष प्रस्तुत गर्नेछन् ।

साथै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले ‘विधानय सम्बन्धी विधेयक २०८० लाइ दफाबार छलफलका लागि बिधायन ब्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: २६ आश्विन २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्