सन्दीपको मुद्दाको सुनुवाई आज पनि स्थगित, न्यायाधीश अभाव
काठमाडौं, असोज २५ । सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनवाइ आज पनि स्थगित भएको छ ।
जिल्ला अलालतमा न्यायाधीश अपर्याप्त भएका कारण मुद्दा स्थगित भएको अदालते जनाएको छ ।
३० जना न्यायाधीशको दरबन्दी रहेको अदालतमा मुद्दाका ३० वटा फाँट छन् । आज सन्दीपको २८ नम्बर फाँटसहित ९ वटा फाँटका मुद्दा स्थगनमा परेका छन् ।
अदालतका सूचना अधिकारी दीपक दाहालका अनसार आज ३० मध्ये २१ जनामात्रै न्यायाधीशको उपस्थिति छ ।
सन्दिपका यसअघिका दुईवटा पेशी पनि न्यायाधीश अभावकै कारण स्थगित भएका थिए ।
प्रकाशित मिति: २५ आश्विन २०८०, बिहिबार