भीम रावलको जिल्लाबाट ओली पक्षका जैशी बने प्रदेश अध्यक्ष, यसरी भयो भागबण्डा


 


धनगढी, असोज २५ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनबाट सर्वसम्मत रुपमा प्रदेश समिति चयन भएको छ।

भीम रावल पक्षलाई दुई उपसचिव दिएर रावलकै जिल्लाका कृष्णप्रसाद जैशीको नेतृत्वमा प्रदेशको समिति चयन गरिएको हो । जैशी ओली पक्षीय नेता हुन् ।

त्यसैगरी बाजुराका कालीबहादुर शाही उपाध्यक्ष, कैलालीका रणबहादुर चन्द सचिव, रावल पक्षका नरबहादुर बिक उपसचिव र भागिरथी विष्ट महिला उपसचिव चयन भएका छन्।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनपछि निर्वाचन प्रक्रिया लम्ब्याएर मंगलबारदेखि नेताहरूले सर्वसम्मतिको प्रयास गरेका थिए ।

विभिन्न पदमा आकांक्षा राखेका उम्मेदवारहरूलाई अन्यत्र व्यवस्थापन गर्ने आश्वासनसहित उम्मेदवारी फिर्ता गराइएको बताइएको छ ।

अन्तिम समयमा नेता भीम रावल निकट मानिएका अध्यक्ष पदका उम्मेदवार भरत साउदले उपसचिवमा आफू निकट नरबहादुर विकका नाममा सहमति खोजेपछि सोही अनुसार गरेर नेतृत्वसहित सबै पदाधिकारी सर्वसम्मत चयन हुने अवस्था आएको हो ।

प्रकाशित मिति: २५ आश्विन २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्