रास्वपाका नेता आजपामा प्रवेश


 


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रभावशाली नेता आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् । चितवन जिल्लाका रास्वपाका पूर्व सभापति धर्मेन्द्र सापकोटा बुधबार आजपामा प्रवेश गरेका हुन् ।

आजपाका अध्यक्ष प्रभु साहले उनलाई टीका र खादा लगाएर पार्टीमा स्वागत गरेका छन् । चितवन भरतपुर निवासी सापकोटा विगत १५ वर्षदेखि विभिन्न टेलीभिजनमा प्रमुख कार्यकारी भएर काम गर्दै आएका एक बौद्धिक व्यक्तित्वको रूपमा समेत परिचित रहेका छन् ।

विद्यमान पुरानो पार्टीहरू देश बर्बाद गर्न लागि परेकोले देश बचाउन आम जनता पार्टीको आवश्यकता महसुस गरेर यो पार्टीमा प्रवेश गरेको उनको प्रतिक्रिया रहेको छ ।

प्रकाशित मिति: २५ आश्विन २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्