चीनको एक इसाई विद्यालयमा सुरक्षाकर्मीको छापा


 


बेइजिङ । चीनमा धार्मिक अल्पसङ्ख्यकविरुद्ध दमन जारी रहेको भन्दै आलोचना भइरहेका बेला जिन्सुइमा रहेको एक इसाई विद्यालयमा सुरक्षाकर्मीले छापा मारेका छन् ।

हेनान प्रान्तको झेङझोउ सहरमा रहेको याबो एकेडेमीलाई अधिकारीहरुले २ लाख युआन अर्थात् २७ हजार अमेरिकी डलर जरिवानासमेत तिराएका छन् । झेङझोउ सहरको जिन्सुई जिल्लास्थित जातीय एवम् प्रशासनिक मामिला ब्युरोले उक्त कारवाही गरेको जस्ट अर्थ न्यूजले जनाएको छ ।

उक्त विद्यालयाई धार्मिक मामिला नियमन २०१७ को धारा ७० अनुसार कारवाही गरिएको जनाइएको छ । चीनको हेनान प्रान्तमा सरकारको नियन्त्रणमा रहेको ‘थ्री सेल्फ चर्च’ सँग आबद्ध नभएका सबैभन्दा धेरै इसाईहरुको बसोबास रहेको विश्वास गरिन्छ ।

प्रकाशित मिति: २४ आश्विन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्