एमाले सुदूरपश्चिम अधिवेशन : अध्यक्षका उम्मेदवार सिंहले पनि लिए उम्मेदवारी फिर्ता
धनगढी, असोज २४ । नेकपा एमाले सुदूरपश्चिमको अध्यक्ष पदका उम्मेदवार वचनबहादुर सिंहले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।
यससंगै अध्यक्षमा उम्मेदवारी दिएका चार जनामध्ये दुई जनाले उम्मेदवारी फिर्ता लिएका छन् । यसअघि अध्यक्ष पदका उम्मेदवार कमलप्रसाद तिमिल्सिनाले पनि उम्मेदवारी फिर्ता लिएका थिए ।
सहमतिकै आधारमा अछामका कृष्णप्रसाद जैशीलाई सर्वसम्मत अध्यक्ष बनाउने प्रयास स्वरुप अन्य अध्यक्षका उम्मेदवारहरुलाई मनाउने प्रयास भइरहेको छ ।
तर अध्यक्षमा जैशी र अछामकै भरत साउदको उम्मेदवारी कायम छ । साउदसँग पनि संवाद जारी रहेको बताइएको छ । साउदलाई नेता भीम रावलले समर्थन छ ।
प्रकाशित मिति: २४ आश्विन २०८०, बुधबार