मुटुसम्बन्धी नयाँ रोग पत्ता लाग्यो
काठमाडौं, असोज २४ । मुटुमा लाग्ने नयाँ खालको रोग पत्ता लागेको छ ।
हरेक तीनमध्ये एक जना वयस्कमा लाग्न सक्ने खतरा भएको रोग पत्ता लागेको हा । उक्त रोगको नाम कार्डियोभस्कुलर–किड्नी–मेटाबोलिक सिन्ड्रोम (सीकेएम) दिइएको छ ।
यो रोग मिर्गौलाको समस्या, दोस्रो प्रकारको मधुमेह र अत्यधिक मोटोपना अनि मुटुको समस्या सबैको सम्मिश्रण रहेको बताइएको छ ।
अमेरिकन हर्ट एसोसिएसन (एएचए)का अनुसार अमेरिकामा हरेक तीन मध्ये एक जना वयस्कमा यो रोग लाग्न सक्छ ।
यसले रोग लाग्ने सम्भावना बढाएको एएचएको भनाइ छ । अमेरिकाभर वयस्क र बालबालिकाहरूमा आत्तिनु पर्ने खालको मोटोपना र मधुमेहको दोस्रो प्रकार भेटिन्छ ।
रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)का अनुसार अमेरिकामा ४२ प्रतिशत वयस्क र २० प्रतिशत बालबालिकामा अत्यधिक मोटोपनाको समस्या छ ।
मुटुको रोगका कुनै लक्षण नदेखिने तर मटुको रोग भएका मानिस तेस्रोमा पर्छन् । यिनीहरूमा पनि उच्च रक्तचाप, शुरुआती चरणको मुटु÷मिर्गौलाको रोग सबै हुन्छ ।
प्रकाशित मिति: २४ आश्विन २०८०, बुधबार