एमालेको मधेश प्रदेश अधिवेशन आजदेखि, उद्घाटन गर्दै अध्यक्ष ओली


 


काठमाडौं, असाेज २४
नेकपा एमालेको मधेश प्रदेश अधिवेशन आजदेखि सुरु हुँदैछ ।

अधिवेशनको जनकपुरस्थित महेन्द्रनारायण निधि संस्कृति केन्द्रको भवनमा अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको हो ।

अधिवेशनका लागि एक हजार २७ प्रतिनिधि छनोट भएका छन् ।

प्रदेशको नेतृत्वका लागि सकेसम्म सहमतिको प्रयास गरिने मधेस प्रदेशको इन्चार्ज समेत रहेका पार्टी सचिव योगेश भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति: २४ आश्विन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्