एमाले सुदूरपश्चिमको नेतृत्व चयनका लागि आज मतदान


 


काठमाडौं, असाेज २४
नेकपा एमाले सुदूरपश्चिम प्रदेशको नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। हिजो साँझ ५ बजेदेखि मतदान गर्ने पूर्वनिर्धारित कार्यतालिका भएपनि सहमतिको प्रयासका लागि मतदान सारिएको थियो।

परिवर्तित कार्यतालिका अनुसार दिउँसो १ बजे मतदान हुनेछ । १ बजेदेखि साँझ ७ बजेसम्म मतदान हुने भएको छ ।

त्यसअघि बिहान ८ बजे उमेदवारको नाम फिर्ताको समय तोकिएको छ । उमेदवारको अन्तिम नामावली प्रकाशन बिहान ९ बजे हुने कार्यतालिका छ ।

प्रदेश अध्यक्षमा निवर्तमान कमिटीका उपाध्यक्ष कमल तिमिल्सिना, पूर्व जिविस सभापति कृष्णप्रसाद जैसी र भरतबहादुर साउदले उम्मेदवारी दर्ता गराएका छन्। उनीहरू तीनै जना अछामका हुन् ।

अध्यक्षमा कञ्चनपुरका बचनबहादुर सिंहले पनि उम्मेदवारी दर्ता गराएका छन्।

प्रकाशित मिति: २४ आश्विन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्