सरकारले भन्यो – तत्काल इजरायलको भ्रमण नगर्नू, अन्य कामका लागि पनि नजानू


 


काठमाडौं, असाेज २४
नेपाल सरकारले तत्काल इजरायलको भ्रमण नगर्न अनुरोध गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले भ्रमण तथा अन्य कामका लागि इजरायल नजान भनेको हो ।

मन्त्रालयले इजरायल जाने तयारीमा रहेका आफ्ना नागरिकलाई तत्काल नजान आग्रह गरेको छ । ‘हालको अवस्थामा अध्ययन तथा अन्य प्रयोजनका लागि इजरायल जान लाग्नु भएका नेपालीहरुलाई तत्काल भ्रमण नगर्न परराष्ट्र मन्त्रालय हार्दिक अनुरोध गर्दछ,’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

यस्तै मन्त्रालयले इजरायल घटनापछि नेपालीको अवस्थाबारे जानकारी दिन बुधबारदेखि नियमित रुपमा अपराह्न साढे ४ बजे ब्रिफिङ गर्ने भएको छ ।

हमासले गरेको आक्रमणपछि त्यहाँ ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । सोही घटनामा १० नेपालीको निधन भएको छ । नेपालीको उद्धार र निधन भएका नेपालीको शव नेपाल ल्याउने सरकारले तयारी थालेको छ ।

प्रकाशित मिति: २४ आश्विन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्