राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


 


काठमाडौं, असाेज २३
संघीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दै छ ।

बैठक बिहान ११ बजेर १ मिनेटमा बोलाइएको हो ।

बैठकमा राष्ट्रियसभा सदस्य प्रकाश पन्थले अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धी सङ्कल्प प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

यस्तै बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले विधायन सम्बन्धी विधेयक, २०८० दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: २३ आश्विन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्