इजरायलमा फसेका व्यक्तिलाई तत्कालन उद्धार गर्न परिवारको आग्रह


 


काठमाडौं, असोज २२ । इजरायलमा जारी द्वन्द्वको चपेटामा परेका व्यक्तिहरुलाई तत्काल उद्धार गर्न आफन्तहरुले सरकारसँग आग्रह गरेका छन् ।

सोमबार बिहान परराष्ट्र मन्त्रालयमा पुगेर परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग इजरायलमा रहेका लोकेन्द्रबहादुर विष्टसहितका नौ जना विद्यार्थीहरूलाई सुरक्षित ढंगले नेपाल ल्याउन आग्रह गरेका हुन् ।

हमासले आक्रमण गरेको गाजा क्षेत्र नजिकै रहेका उनीहरू आक्रमणको शिकार हुने डरले आत्तिइरहेकाले तत्काल सुरक्षित ढंगले उद्धार गर्न मन्त्री साउदलाई आग्रह गरिएको लोकेन्द्रकी काकी आमा चन्द्रा विष्टले बताइन् ।

सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययन गरेका लोकेन्द्र, रमेश कार्कीसहितका नौ जना विद्यार्थीहरू अध्ययनका लागि इजरायल गएका थिए । उनीहरूसँग आधा घण्टामा सम्पर्क हुने गरेको तर आक्रमणको डरले उनीहरू तनावमा रहेका चन्द्राले बताइन् ।

पीडित पक्षले ती विद्यार्थीसँग पराराष्ट्रमन्त्री साउदसँग भर्चुअल्ली सम्पर्क समेत गराएका थिए ।

प्रकाशित मिति: २२ आश्विन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्