आज असोज २२ गते सोमबार, यस्तो छ तपाईंको राशिफल


 


काठमाडौं । आज २०८० आसल असोज २२ गते सोमबारको राशिफल ।

मेष

आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । शेयर बजारको क्षेत्रमा रूचि बढ्नेछ ।

बृष

आज यात्रामा मालसामान हराउन सक्छ । ससाना समस्यामा अल्झनुपर्नेछ । क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ ।

मिथुन

आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा हुनेछ ।

कर्कट

आज नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । शुभारम्भको चर्चा चल्नेछ । आँटेको काम पुरा नै होला ।

सिंह

आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारबाट धनलाभ पनि राम्रै हुनेछ ।

कन्या

शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । बन्न लागेको काम बिग्रिनेछ, तर वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।

तुला

महत्त्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । लक्ष्मी प्रसन्न हुने योग पनि छ ।

बृश्चिक

भाग्यले विभिन्न अवसर जुराउनेछ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । पारिवारिक साथ पनि मिल्ने देखिन्छ । स्वास्थ्यमा लाभ मिल्नेछ ।

धनु

आज धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । चलाखीपूर्ण सङ्कल्प सिद्ध हुनेछ । भाग्यले विभिन्न अवसर पनि जुराउनेछ ।

मकर

आज मनमा दुबिधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । आर्थिक कारोबारमा मन्दी आउनेछ, आफन्तबाट सहयोग चैं मिल्ला ।

कुम्भ

नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ ।

मीन

आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । लाभदायक यात्रा होला । आर्थिक कारोबारमा सफलता पाइएला ।

प्रकाशित मिति: २२ आश्विन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्