आज पनि घट्यो सुनको भाउ


 


काठमाडौं, मंसिर २६

गत साताको अन्तिम दिन ५३ हजारमा ओर्लिएको सुनको मूल्य आइतबार थप सस्तिएको छ । प्रतितोला ४ सय रुपैयाँले घटेर सुन ५२ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यो मूल्य गत वर्षको माघयताकै सस्तो हो। अमेरिकी अर्थतन्त्र सुधारोन्मुख हुँदै जानु र सुनको अत्याधिक खपत हुने देश भारतमा माग घटेपछि सुनको मूल्य घटिरहेको छ।

सुनको मूल्य घट्दा बजारमा कारोबार पनि बढेको महासंघले जनाएको छ। महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्यका अनुसार दैनिक ३५ केजीको हाराहारीमा सुनको कारोबार हुने गरेको छ।

चाँदीको मूल्य पनि आज घटेको छ। प्रतितोला ५ रुपैयाँले घटेर ७ सय ८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

प्रकाशित मिति: २६ मंसिर २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्