कुशल, रोहित र दीपेन्द्र बने एफवान सफ्टका सद्भावना दूत
काठमाडौं, असोज २१ । एफवान सफ्ट ग्रुपले नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीहरूसँग ब्राण्ड एन्डोर्सरको रूपमा सम्झौता गरेको छ ।
एफवान सफ्ट ग्रुपका सहायक कम्पनीहरू फोनपे, ईसेवा र ईसेवा मनि ट्रान्सफरले क्रमशः कुशल भुर्तेल, रोहितकुमार पौडेल र दीपेन्द्र सिंह ऐरीसँग सम्झौता गरेको कम्पनीले जनाएको छ ।
एफवान सफ्ट ग्रुपका निर्देशक सुवास शर्मा, ईसेवाका चिफ बिजनेस अफिसर आशिष गौतम, ईसेवा मनि ट्रान्सफरका बिजनेस अपरेशन म्यानेजर सुमित भण्डारी र फोनपेका चिफ बिजनेस अफिसर सुमित दासको उपस्थितिमा क्रिकेटरहरुसँगको सम्झौतामा हस्ताक्षर भएको छ ।
यो साझेदारीसँगै एफवान सफ्ट ग्रुपले नेपालको क्रिकेट खेलमा आफ्नो जीवन समर्पण गरेका खेलाडीलाई भरपुर साथ दिने लक्ष्य राखेको जनाएको छ ।
एफवान सफ्ट ग्रुप, यस सहकार्यको साथ मैदानमा खेलाडीहरुको प्रदर्शन बढाउन मद्दत गर्न मात्र नभई, खेलाडीहरूको मनोबल सुनिश्चित गर्न पनि प्रतिबद्ध रहेको जनाएको छ ।
प्रकाशित मिति: २१ आश्विन २०८०, आइतबार