अफगानिस्तानमा भूकम्प जाँदा १२० जनाको मृत्यु
एजेन्सी । पश्चिमी अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परी १ सय २० जनाको मृत्यु भएको छ । भूकम्पमा परेर सयौँ नागरिक घाइते भएका छन् ।
शनिबार स्थानीय समय अनुसार बिहान ११ बजे पश्चिमी शहर हेरातबाट ४० किलोमिटर टाढा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।
भूकम्पमा परी १ हजार घाइते भएका छन भने कम्तीमा १२० जनाको मृत्यु भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सो भूकम्पले पुर्याएको क्षतिका बारेमा विस्तृत विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: २१ आश्विन २०८०, आइतबार