एमाले उपत्यका विशेष कमिटीको अध्यक्षमा प्रेम पराजुली सर्वसम्मत


 


काठमाडौं, असाेज २१
नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशनबाट अध्यक्षमा प्रेम पराजुली सर्वसम्मत चयन भएका छन् । अध्यक्षमा पराजुलीसहित सबै पदाधिकारी सर्वसम्मत चयन भएका हुन् ।

उपाध्यक्षमा विदुर कार्की, सचिवमा मिलन धरेल तथा उपसचिवमा जितेन्द्र श्रेष्ठ र उर्मिला विश्वकर्मा सर्वसम्मत भएको निर्वाचन समितिका संयोजक घनेन्द्र बस्नेतले बताए ।

अध्यक्ष पदमा चन्द्र रिजालको उम्मेदवारी परे पनि उनले फिर्ता लिएपछि पराजुली सर्वसम्मत चयन भएका हुन् । पराजुली यसअघि पनि अध्यक्ष थिए ।

प्रकाशित मिति: २१ आश्विन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्