एमाले सुदूरपश्चिम प्रदेशको अधिवेशन आजदेखि, उद्‌घाटन गर्दै अध्यक्ष ओली


 


कैलाली, असाेज २१
नेकपा एमाले सुदूरपश्चिम प्रदेश अधिवेशन आजदेखि सुरु हुँदैछ।

आइतबार दिउँसो १२ बजेदेखि सुरु हुन लागेको प्रदेश अधिवेशनलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्‌घाटन गर्ने छन् ।

पार्टीका प्रदेश अध्यक्ष दामोदर भण्डारीले पहिलो प्रदेश अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन् । अधिवेशनका लागि नौ वटै प्रदेशका प्रतिनिधिहरु धनगढी पुगिसकेको जानकारी दिए।

अधिवेशनमा ६७५ प्रतिनिधि सहभागी रहने अध्यक्ष भण्डारीले जानकारी दिए। ९ वटा जिल्लामध्ये सबैभन्दा बढी प्रतिनिधि बाजुराका छन् ।

प्रकाशित मिति: २१ आश्विन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्