असोज २१ गते आइतबार : कस्ताे छ तपाईको राशिफल ?


 


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुःख हुन सक्छ । काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्ने हुन सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । प्राविधिक कार्यमा लगाव बढ्ने छ । धन सञ्चयको अवसर प्राप्त हुने तथा व्यवसायिक लाभ हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
नाता कुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि जुट्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धार्मिक र सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । आम्दानीमा पनि कमी आउनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । शेयर बजारले पनि साथ दिनेछ । सजिलै अरूको मन जित्न पनि सकिनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कला र गलाको प्रभाव बढ्ने छ । भाग्यले विभिन्न अवसर जुराउनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ । राजनैतिक क्षेत्रमा सफलता मिल्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आजको समय मध्यम खालको छ । आँटेको काम सबै पूरा नभए पनि निराशाको अनुभव नगरी लागि पर्दा राम्रो हुनेछ । आज ठूलो लगानी गर्नु उपयुक्त छैन ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आफन्त, सहयोगी र मित्र वर्गको सहयोगले महत्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनु हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज कसै सैलाई परदेशी घर फर्कने योग छ । घर परिवारमा रमाइलो वातावरण छाउनेछ । समाज र परोपकारका पनि समय बित्न सक्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज बोलीवचन एवं प्रवचन भाषण आदिमा प्रशंसा मिल्ने छ । धार्मिक कार्यमा संलग्न भइनेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय छ ।

प्रकाशित मिति: २१ आश्विन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्