धार्मिक अल्पसङ्ख्यकमाथि दमन जारी रहेको भन्दै पाकिस्तानको आलोचना


 


जेनेभा । धार्मिक अल्पसङ्ख्यकमाथि दमन जारी रहेको भन्दै स्विट्जरल्याण्डको जेनेभास्थित संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदमा पाकिस्तानको आलोचना भएको छ ।

परिषदलाई सम्बोधन गर्दै पाकिस्तानमा अल्पसङ्ख्यकका रुपमा रहेका इसाई समुदायका प्रतिनिधि जोसेफ जासनले इस्लामिक गणतन्त्रका रुपमा रहेको पाकिस्तानमा इसाईसहित अन्य अल्पङ्ख्यकमाथि दमन जारी नै रहेको भन्दै आलोचना गरेका हुन् ।

उनले अल्पसङ्ख्यक समुदायका पत्रकार, राजनीतिक कार्यकर्ता, कानून व्यवसायी, मानव अधिकारकर्मीजस्ता अभियन्तामाथि बारम्बार दमन हुने गरेको आरोपसमेत लगाए ।

भारतीय समाचार संस्था एएनआईका अनुसार परिषदलाई सम्बोधन गर्दै उनले मानव अधिकारवादीहरुलाई पाकिस्तानमा राष्ट्रिय सुरक्षा ऐनअनुसार गैरन्यायिक रुपमा बन्दी बनाइने गरेको समेत बताए । धार्मिक अल्पसङ्ख्यकलाई निशाना बनाउनका लागि ईशनिन्दा कानूनजस्ता व्यवस्थाको दुरुपयोग हुने गरेकोसमेत उनले बताए ।

प्रकाशित मिति: २० आश्विन २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्