चीनले सञ्चार क्षेत्रलाई प्रभावित बनाउन खोज्यो : अमेरिका


 


एजेन्सी । अमेरिकाले चीनमाथि सञ्चार क्षेत्रलाई प्रभावित बनाउन खोजेको आरोप लगाएको छ ।

अमेरिकाको विदेश मन्त्रालयले एक प्रतिवेदन सार्वजनिक गर्दै चीनले सामाजिक सञ्जाल प्रयोगकर्ताको डेटा सञ्चिती गर्ने गरेको, सेन्सरसिप र गोप्य रुपमा विदेशी सञ्चारगृह खरिद गरी सञ्चार क्षेत्रलाई प्रभावित बनाउन खोजेको आरोप लगाएको हो ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार चीनको यस्तो गतिविधिका कारण विश्वभर अभिव्यक्ति स्वतन्त्रतामा गम्भीर गिरावट देखिएको छ । अमेरिकी विदेश मन्त्रालयले सूचनालाई प्रभावित बनाउनका लागि चीनले हरेक वर्ष अर्बौँ डलर खर्च गर्ने गरेको समेत जनाएको छ ।

चीन र अमेरिकाबीच भूराजनीतिक द्वन्द्व बढ्दै जाँदा अमेरिकी विदेश मन्त्रालयको पछिल्लो प्रतिवेदन सार्वजनिक भएको हो।

चीनले विश्वमा रहेको आफ्नो नकारात्मक छविलाई सुधार गर्नका लागि मिडिया र सञ्चारमाध्यमको प्रयोगलाई बढावा दिइरहेको अवस्थामा अमेरिकी विदेश मन्त्रालयको पछिल्लो प्रतिवेदन सार्वजनिक भएको रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति: २० आश्विन २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्