पाकिस्तानमा सयौँ अफगान नागरिक पक्राउ


 


एजेन्सी । पाकिस्तानको कराँचीस्थित अफगान वाणिज्यदूत अब्दुल जबार टखारीले पाकिस्तानमा पछिल्ला केही दिनयता सयौँ अफगान नागरिक पक्राउ परेको जनाएका छन् । उनले वैधानिक रुपमा पाकिस्तानमा रहेका सयौँ अफगान शरणार्थीलाई प्रहरीले पक्राउ गरेको बताएका हुन् ।

अफगानिस्तानको टोलो न्युजले जनाएअनुसार उनले पाकिस्तान सरकारसमक्ष आफ्नो मुलुकका नागरिकलाई पक्राउ नगर्नसमेत आग्रह गरेका छन् । उनले पछिल्ला केही दिनयता ८ सयभन्दा धेरै अफगान नागरिकलाई पाकिस्तानी प्रहरीले पक्राउ गरेको र दूतावासको सहयोगमा २ सय जनालाई रिहा गरिएको जानकारी दिए ।

हिरासतबाट मुक्त भएका गफार नाम गरेका अफगान शरर्णाीले आफूहरुलाई पाकिस्तानी प्रहरीले दुव्र्यवहार गरेको आरोप लगाएका छन् । उनले अफगानिस्तानमा शासन चलाइरहेको तालिबान सरकारसमक्ष आफूहरुको सुरक्षा गरिदिनसमेत माग गरेका छन् ।

प्रकाशित मिति: २० आश्विन २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्