तिब्बती बौद्ध मामिलामा हस्तक्षेप नगर्न चीनलाई युरोपेली बौद्ध संघको आग्रह


 


काठमाडौं । युरोपेली बौद्ध संघले चीनलाई तिब्बती बौद्ध मामिलामा हस्तक्षेप नगर्न आग्रह गरेको छ । युरोपेली बौद्ध संघले दलाई लामासहित अन्य वरिष्ठ लामाहरुको पुनर्जन्मबारे तिब्बती बौद्ध मामिलामा हस्तक्षेप नगर्न चीनसमक्ष आग्रह गरेको हो ।

दलाई लामाको पुनर्जन्मबारे निर्णय गर्ने अन्तिम अधिकार तिब्बती जनता र गान्देन फोद्राङमाझ निहीत रहेको भन्दै संघले यस विषयमा हस्तक्षेप नगर्न आग्रह गरेको टिबेट राइट्स नामक अनलाइन समाचार पोर्टलले जनाएको छ ।

उक्त समाचार पोर्टलका अनुसार दलाई लामा एवम् अन्य वरिष्ठ लामाहरुको चयन प्रक्रियाबारे तिब्बती परम्परामा स्पष्ट व्यवस्था रहेको संघले जनाएको छ । त्यसैगरी, चीनले छनौट गरेका लामालाई अस्वीकार गर्नसमेत संघले अन्तर्राष्ट्रिय समुदायसमक्ष आह्वान गरेको छ ।

संघले वर्तमान दलाई लामासँग वार्ताको माध्यम स्थापित गर्नसमेत चीनसँग आह्वान गरेको छ ।

प्रकाशित मिति: २० आश्विन २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्