चीनमा आर्थिक मन्दीका कारण चिडियाखानामा जनावरलाई खाना र कर्मचारीलाई तलब दिन बन्द


 


एजेन्सी । सी जिनपिङले लगातार तेस्रो पटक चीनको सत्तामा आएपछि चीनलाई उच्च स्तरको समाजवादी बजार अर्थतन्त्र बनाउने बताएका थिए ।

उनले चीनको आधारभूत आर्थिक संरचना सुधार गर्ने, सार्वजनिक क्षेत्रलाई सुदृढ गर्ने र गैरसरकारी क्षेत्रलाई पनि सहयोग गर्ने कुरा गरेका थिए तर जिनपिङको नेतृत्वमा परिस्थितिले आर्थिक मन्दीकाे रूप लिएकाे छ ।

विश्वको दोस्रो ठूलो आर्थिक महाशक्ति चीनका अधिकांश सहर गम्भीर आर्थिक मन्दी र नगद सङ्कटको सामना गरिरहेकाे छ। यसको असर मानिससँगै पशुपंक्षीमा पनि देखिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले प्राथमिकताका साथ समाचार लेखेका छन् ।

मिडिया रिपोर्टका अनुसार नगदको संकटबाट ग्रसित चीनमा मानिसहरूलाई विभिन्न बहानामा ठूलो जरिवाना लगाइएको छ। यसो गरेर चिनियाँ सरकारले कुनै न कुनै रूपमा नगद सङ्कलन गर्ने काम गरिरहेकाे समाचारमा उल्लेख छ। अहिले चीनमा लाइसेन्सबिना रेस्टुरेन्टमा काँक्रो खुवाउँदा चर्को जरिवाना तिर्नुपर्ने अवस्था छ । यसका साथै सडकमा ओभरलोड ट्रकलाई पनि चर्को जरिवाना पनि लगाइएको छ ।

जनावरको खानामा ५० प्रतिशत कमी
सीएनएन रिपोर्टका अनुसार चीनको उत्तरी प्रान्त लिओनिङको डोङ्शान पार्कमा नगदको अभावका कारण जनावरहरूले खानासमेत पाउन सकेका छैनन्। सरकारी कोषमा सञ्चालित यस चिडियाखानालाई जिनपिङ सरकारले पैसा दिन बन्द गरपछि यस्ताे अवस्था आएकाे हाे । कर्मचारीले ६ महिनादेखि तलब समेत पाएका छैनन् । पशुपन्छीको खानामा पनि ५० प्रतिशतले कटौती गरिएको छ । अवस्था यस्तो छ कि भोकाएको जनावरलाई सहयोग गर्न खाना र पैसा दान गर्न मानिसहरूलाई अपील गरिएको छ।

खानाको लागि अपील
पशुपक्षीलाई खाद्यान्नको संकट देखेर मानिसहरुले सामाजिक सञ्जालमा सहयोगको याचना गरिरहेका छन् । चिनियाँ वन्यजन्तु संरक्षण समूहले सामाजिक सञ्जालमा जारी गरेको अपीलमा भनिएकाे छ, ‘पार्कमा अझै पनि भालुका बच्चाहरू छन् जसलाई खाना चाहिन्छ। गर्भवती घोडीको लागि खाना पनि आधा घटाइएको छ, र चिडियाखानाका कर्मचारीहरूलाई छ महिनादेखि तलब दिइएको छैन। यस विषयमा सम्बन्धित विभागको ध्यानाकर्षण होस् भन्ने आशा राख्दछौं!’ कोभिड–१९ महामारीको समयमा चीनको आर्थिक प्रणाली शून्य कोभिड नीतिका कारण ध्वस्त भएको बताइएको छ । सबैभन्दा खराब अवस्था घर जग्गाको हो, जहाँ मन्दी छ।

प्रकाशित मिति: २० आश्विन २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्