पाकिस्तानलाई हराउँदै अफगानिस्तान फाइनलमा


 


काठमाडौं, असोज १९ । एसियन गेम्सको पुरुष क्रिकेटमा पाकिस्तानलाई चार विकेटले हराउँदै अफगानिस्तान फाइनलमा पुगेको छ ।

चीनको हान्झाउमा पहिलो ब्याटिङ गरेको पाकिस्तानले १८ ओभरमा सबै विकेट गुमाएर ११५ रन बनाएको थियो ।

उसका लागि उमर युसुफले सर्वाधिक २४ रन बनाए । पाकिस्तानलाई सस्तैमा समेट्ने क्रममा फरिद अहमदले ३ तथा कैस अहदम र जाहिर खानले २–२ विकेट लिए ।

११६ रनको लक्ष्य अफगानिस्तानले नूर अलीको ३९ रनको मदतमा १७।५ ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।

पाकिस्तानलाई पराजित गरेसंग अब अफगानिस्तानले स्वर्ण पदकका लागि भारतसँग खेल्नेछ ।

प्रकाशित मिति: १९ आश्विन २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्