त्रिवि सेवा आयोगमा नेविसंघले लगायो ताला, शिक्षकको अन्तरवार्ता प्रभावित


 


काठमाडौं, असोज १९ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा ताला लगाएको छ ।

नेविसंघको तालाबन्दीका कारण आज बिहान १० बजेदेखि हुने भनिएको उप–प्राध्यापक, सह–प्राध्यापक र प्राध्यापक पदको अन्तर्वार्ता स्थगित भएको छ ।

नेविसंघ त्रिवि समितिले विगतमा विवादास्पद परीक्षा र मूल्याङ्कनका विषयमा आवश्यक छानबिन नगरी अपारदर्शी र अनियमित प्रक्रियाबाट अगाडि बढ्न खोजेको भन्दै तालाबन्दी गरेको जनाएको छ ।

सभापति विष्णु बडैलाले विवादास्पद विज्ञापन र मूल्याङ्कनका आभारमा त्रिवि सेवा आयोगले गर्ने काम कारबाही विश्वविद्यालयको हितमा नहुने भन्दै प्रकाशित अन्तर्वार्ता लगायतका कार्यक्रम तत्काल रोक्न माग गरेको हो ।

नेविसंघले आयोगका अध्यक्ष प्रा.डा. घनश्याम भट्टराई र सदस्य प्रा.डा. हेमराज ढकाललाई विश्वविद्यालय प्रदेशमा नै निषेध गरेको छ ।

प्रकाशित मिति: १९ आश्विन २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्