गोली लागेर घाइते पूर्वआईजीपीका पिएसओकी श्रीमतीको मृत्यु


 


काठमाडौं, असाेज १९
गोली लागेर घाइते भएकी नेपाल प्रहरीका पूर्वमहानिरीक्षक धुव्रबहादुर प्रधानको निजी सुरक्षा अधिकृतकी श्रीमतीको मृत्यु भएको छ ।

सहायक निरीक्षक (असई) लक्ष्मण चौधरीकी श्रीमती शर्मिला चौधरीको नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार शुक्रबार बिहान चौधरीको मृत्यु भएको हो । उनी यही असोज १० गते पति लक्ष्मणको पेस्तोलको गोली लागेको अवस्थामा निवासमै घाइते अवस्थामा फेला परेकी थिइन् ।

असई चौधरी घरमा नभएका बेला पत्नी शर्मिलाले आफैंलाई गोली हानेको आशंका गरिएको थियो । सो घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: १९ आश्विन २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्