एमाले गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा निर्वाचित


 


काठमाडौं, असाेज १९
नेकपा एमाले गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट अध्यक्षमा म्याग्दीका शर्मा निर्वाचित भएका हुन् ।

अध्यक्षका अर्का प्रत्यासी लमजुङका मायानाथ अधिकारीलाई पराजित गर्दै शर्मा अध्यक्ष निर्वाचित भएका हुन् । नवराजले ५३१ मत ल्याएर विजयी हुँदा अधिकारीले ३६५ मत प्राप्त गरे ।

नवराजलाई केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारीको समर्थन थियो । यस्तै उपाध्यक्षमा स्याङ्जाका मिनप्रसाद गुरुङ ५३४ मतले विजयी भएका छन् ।

सचिवमा लमजुङका धनज्वय दवाडी ५२० मत लिएर विजयी भए । उपसचिवमा कास्कीका दामबहादुर विकले ४ सय ९९ मत लिएर निर्वाचित भएका छन् । बिहीबार भएको मतदानमा ८९६ मत खसेको थियो ।

प्रकाशित मिति: १९ आश्विन २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्