पनडुब्बीमा सवार ५५ चिनियाँ जनमुक्ति सेनाको मृत्यु भएको दाबी चीनद्वारा अस्वीकार


 


एजेन्सी । चीनको परमाणु क्षमताको पनडुब्बीमा सवार ५५ चिनियाँ जनमुक्ति सेनाको मृत्यु भएको समाचार बाहिरिएको छ ।

बेलायती सञ्चारमाध्यम डेलीमेलको खबरअनुसार बेलायती र अमेरिकी पनडुब्बीलाई फसाउन चीनले निर्माण गरेको पासोमै चिनियाँ पनडुब्बी फसेको हो ।

बेलायतको गोप्य रिपोर्टलाई उदृतगर्दै डेलीमेलले चीनको परमाणु क्षमताको पनडुब्बी समुद्रमा चीनद्वारा नै तैनाथ फलामे चेन र एंकरमा फसेको उल्लेख गरेको छ ।

चीनले यल्लो सीलाई हुवाङ हाई समुद्र भन्ने गर्दछ । एल्लो सीमै चिनियाँ पनडुब्बी फलामे चेन र एंकरसँग ठोक्किएको दाबी गरिएको छ । जसका कारण अक्सिजन प्रणालीमा खराबी आउँदा चिनियाँ सेनाले ज्यान गुमाएको बताइएको छ ।

बेलायती सञ्चारमाध्यमका अनुसार गत अगस्ट २१ का दिन यो घटना भएको हो ।

मृत्यु हुनेमा चिनियाँ क्याप्टेन कर्णेल सु यो–पेङ पनि भएको बताइएको छ । चीनले भने चिनियाँ सेनाहरूको पनडुब्बीमा मृत्यु भएको खबर झुटो भएको प्रतिक्रिया जनाएको छ ।

पनडुब्बी रणनीतिक हतियार मानिन्छ । पनडुब्बी समुद्रमुनि नै चलाउन सकिन्छ । यहाँबाट पानी भित्रैदेखि दुस्मनलाई आक्रमण गर्न सकिन्छ ।

प्रकाशित मिति: १८ आश्विन २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्