करण केसी र सोमपाल कामी आईएमई पेको ब्राण्ड एम्बेस्डर


 


काठमाडौं, असोज १८ । नेपाली राष्ट्रिय टिमका दुई तीव्र गतिका बलर करण केसी र सोमपाल कामी आईएमई पेको ब्राण्ड एम्बेस्डर भएका छन् ।

कामठाडौंमा बिहीबार भएको कार्यक्रममा आईएई पेले उनीहरुसँग ब्राण्ड एम्बेस्डरको रुपमा सम्झौता गरेको छ ।

ब्राण्ड एम्बेस्डर बनेर उनीहरुले आईएमई पेको बजार प्रवर्द्धनमा सघाउने छन् भने उनीहरुले वर्षको जनही ५ लाख रुपैयाँ पाउने छन् ।

नेपाल क्रिकेट संघ क्यानको टिकटिङ पार्टनरका रुपमा दुई वर्षको लागि सम्झौता गरेको आईएमई पेले दुई बलरहरुसँग ब्राण्ड एम्बेस्डरको रुपमा पनि सम्झौता गरेको हो ।

प्रकाशित मिति: १८ आश्विन २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्