प्रधानमन्त्रीले बोलाएको विपद् जोखिम न्यूनीकरण परिषद्को बैठक सिंहदरबारमा जारी


 


काठमाडौं, असाेज १८
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सिंहदरबारमा परिषद्को १२औँ बैठक बसेको हो ।

बझाङ भूकम्प र पीडित नागरिकको उद्धार, राहत र व्यवस्थापनका विषयमा बैठकमा छलफल गरिने बताइएको छ ।

प्रधानमन्त्री दाहालले बझाङका जनप्रतिनिधि र राजनीतिक दलका नेता बोलाएर भूकम्पबाट भएको क्षतिका बारेमा जानकारीसमेत लिइसकेका छन् ।

मङ्गलबार अपराह्न तीन बजेर ६ मिनुटमा बझाङ केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट बझाङमा एक जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् ।

प्रकाशित मिति: १८ आश्विन २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्