प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


 


काठमाडौं, असाेज १८
संघीय संसद् प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक दिउँसो १ बजे सुरु हुन लागेको हो ।

बैठकमा सभामुख देवराज घिमिरेले ‘विद्युत् विधेयक, २०८०’ प्रस्तुत गर्ने प्रस्तावमा सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले ‘विद्युत् विधेयक, २०८० पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

बैठकमा सभामुख घिमिरेले पूर्वप्रतिनिधिसभा सदस्य खेमराज भट्ट मायालुको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

प्रकाशित मिति: १८ आश्विन २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्