प्याउली र अन्नपूर्णमा स्वास्थ्य शिविर हुँदै
भाेजपुर, मंसिर २५
भाेजपुरकाे प्याउली र अन्नपूर्ण गाविसमा वृहत स्वास्थ्य शिविर हुँदैछ । प्याउलीमा भाेलि २६ गते र अन्नपूर्णमा २८ र २९ गते शिविर हुन लागेकाे हाे । दाँवाली मिलन क्लब काठमाडाैंकाे प्रमुख संयाेजन तथा देविथान कुलरत्न स्मृति प्रतिष्ठान काठमाडाैं, सशस्त्र प्रहरी परिवार महिला संघ, कृष्ण लक्ष्मी–लक्ष्मी श्रेष्ठ स्मृति प्रतिष्ठानकाे समन्वयमा वृहत शिविर हुन लागेकाे हाे ।
शिविरमा विशेषज्ञ डाक्टरहरूकाे टाेलीद्दारा विरामीकाे चेकजाँजका साथै उपाचार हुने बताइएकाे छ । शिविरका लागि सशस्त्र प्रहरी अस्पताल, नेपाल प्रहरी अस्पताल, नाेबेल हस्पिटल सिनामंगल, वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, बिराट मेडिकल कलेज विराटनगर, काेशी अञ्चल अस्पताल विराटनगर लगायतकाे प्राविधिक सहयाेग रहेकाे छ ।
शिविरका लागि चिकित्सक सहित करिब एक सय जनाकाे टाेली प्याउली पुगिसकेकाे दावाँली मिलन क्लबका अध्यक्ष राेशन श्रेष्ठले जानकारी दिनुभयाे । स्वास्थ्य शिविरमा जनरल स्वास्थ्य परीक्षण, स्त्री राेग, हाड जाेर्नी, नाक, कान घाँटी, बाल राेग, छाला तथा याैन राेग, अाँखा तथा दन्त परीक्षण सेवा, रगत तथा पिसाबकाे परीक्षण, इसीजी, भिडियाे एक्सरे तथा अाैषधी वितरण गर्ने कार्यक्रम रहेकाे टाेलिमा रहेका डाक्टर एंव नेपाल चिकित्सक संघका महासचिव लाेचन कार्कीले बताउनुभयाे ।
प्याउलीकाे स्वास्थ्य शिविर प्राथमिक स्वास्थ्य केन्द्र प्याउलीमा हुँदैछ भने अन्नपूर्णकाे अन्नपूर्ण उच्च माविमा हुँदैछ । शिविरका लागि करिब ४० लाख खर्च हुने क्लबका काेषाध्यक्ष निरज श्रेष्ठले जानकारी दिए ।
प्रकाशित मिति: २५ मंसिर २०७३, शनिबार