द्रुत बस सेवा : गुड्नेभन्दा कुर्ने समय बढी
काठमाडौं, असाेज १८
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ८ का रामबहादुर थापा सम्भव भएसम्म दु्रत बसै चढ्छन् । असोज ४ गतेदेखि नै उनले केही समय कुरेरै भए पनि द्रुत बसबाटै यात्रा गर्दै आएका छन् ।
अरू बस चढ्दा सडक जाममा परिने र समयमै कार्यालयमा पुग्न नसकिने भएकाले आफू सम्भव भएसम्म द्रुत बसबाटै यात्रा गर्ने गरेको उनले बताए ।
सरकारले असोज ३ गतेदेखि भक्तपुरको सूर्यविनायकबाट काठमाडौँको रत्नपार्कसम्म २५ वटा द्रुत बसमा सेवा सञ्चालन गर्दै आएको छ । द्रुत बसबाट यात्रा गर्दा १० देखि १५ मिनेट चाँडो हुने अनुभव उनको छ ।
द्रुत बस माइतीघर, बानेश्वर, तीनकुने, कोटेश्वर, जडीबुटीलगायत चोकमा जाममा पनि ‘डेडिकेटेड लेन’ बाट बस गुड्ने भएकाले खासै रोकिँदैनन् । गोरखापत्र दैनिकबाट
प्रकाशित मिति: १८ आश्विन २०८०, बिहिबार