‘पाकिस्तान अधिनस्थ कश्मीरमा बस्नेहरुलाई जबरजस्ती अरु देशमा पलायन हुन बाध्य पारियो’


 


जेनेभा । पाकिस्तान अधिनस्थ कश्मीरमा बसोबास गर्नेहरुलाई जबरजस्ती अन्य मुलुकमा पलायन हुन बाध्य पारिएको खुलासा भएको छ ।

स्विट्जरल्याण्डको जेनेभास्थित राष्ट्रसंघीय मानव अधिकार परिषदको बैठकमा शोधकर्ता एवम् कश्मीरी अभियन्ता जुनेद कुरेशीले पाकिस्तान अधिनस्थ कश्मीरका मानिसहरुलाई विदेश पलायन हुन बाध्य पारिएको बताए ।

भारतीय समाचार संस्था एएनआईका अनुसार केही महिनाअघि ग्रीसको तटपारी ७५० जना बोकेको डुङ्गा दुर्घटनाको उदाहरण दिँदै उनले उक्त डुङ्गामा सवार ३ सय जनामध्ये पाकिस्तान अधिनस्थ कश्मीरका मात्रै १३५ जना रहेको जनाए ।

यस्ता भयानक दुर्घटनाहरु पाकिस्तानी नागरिकका लागि बारम्बार दोहोरिने गरेको उनको भनाइ छ । पाकिस्तान अधिनस्थ कश्मीरमा बढ्दो बेरोजगारी, आर्थिक मन्दी, राजनीतिक एवम् जलवायु संकटका कारण मानिसहरु पलायन बाध्य हुने गरेको उनको भनाइ छ ।उनले मानव तस्करी पाकिस्तानमा उद्योगको रुपमा विकसित भइरहेको भन्दै चिन्ता समेत व्यक्त गरे ।

प्रकाशित मिति: १७ आश्विन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्