अफ्रिकामा चिनियाँ ऋण झण्डै दुई दशकको न्यून


 


जोहानेसबर्ग । अफ्रिकालाई चिनियाँ सार्वभौम ऋण गत वर्ष १ बिलियनभन्दा न्यून उपलब्ध गरिएको छ, जुन लगभग दुई दशकमा सबैभन्दा कम स्तरमा पुगेको जनाइएको छ।

बोस्टन युनिभर्सिटीको ग्लोबल चाइना इनिसिएटिभको तथ्यांकले ऋणमा आएको गिरावट धेरै अफ्रिकी राष्ट्रहरूले ऋण संकटसँग संघर्ष गर्दा र चीनको आफ्नै अर्थतन्त्रले हेडवाइन्डको सामना गरिरहेको बेला आएको जनाइएको छ।

अफ्रिका राष्ट्रपति रामाफोसाले सी चिनफिङको महत्वाकांक्षी बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) को केन्द्रविन्दु भएको विश्वव्यापी पूर्वाधार विकासको माध्यमबाट चीनको भूराजनीतिक र आर्थिक प्रभाव विस्तार गर्न थालिएको बताएका छन्।

बोस्टन युनिभर्सिटीको चाइनिज लोन टु अफ्रिका डाटाबेसले अनुमान गरेको छ कि चिनियाँ ऋणदाताहरूले सन् २००० देखि २०२२ सम्म अफ्रिकालाई १७० बिलियन डलर प्रदान गरेका थिए।

तर सन् २०१६ को ऋण दिनेमा तीव्र गिरावट आएको छ। सन् २०२१ मा १.२२ बिलियन डलर बराबरको सातवटा ऋणमा हस्ताक्षर भएको थियो। गत वर्ष कुल ९९४ मिलियन डलरको नौ ऋणमा सहमति भएको थियो, जुन सन् २००४ यताको चिनियाँ ऋणको सबैभन्दा न्यून स्तर रहेको जनाइएको छ।

बेइजिङले बीआरआईको फ्ल्यागशिप पहलको १० औं वार्षिकोत्सव मनाउने अर्को महिना तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसनको आयोजना गर्दैछ, जसमा लगभग ९० देशहरू सहभागी हुने अपेक्षा गरिएको छ। तर, त्यसअघि सार्वजनिक भएको यस तथ्यांले चीन संकटमा फस्दै गएको संकेत गरेको छ।

प्रकाशित मिति: १७ आश्विन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्