११ किलो सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक पक्राउ


 


काठमाडौं । दोलखाबाट बरामद भएको ११ किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौं महानगरपालिका–१५ स्थित स्वयम्भूबाट चिनियाँ नागरिक ६६ वर्षीय तासी दावा भनिने आगर लामालाई पक्राउ गरेको हो ।

लामाले सुन ल्याउन भूमिका निर्वाह गरेको पाइएपछि अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले एक हप्ताको अवधिमा दोलखाबाट ११ किलो सुन बरामद गरेको छ ।

चिनियाँ भूमिबाट नेपालमा सुन ल्याउन उनले भूमिका खेलेको पाइएकाले अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । यो प्रकरणमा यसअघि १० जना पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति: १७ आश्विन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्