नेपालको उत्तरपश्चिमको अन्तिम बस्ती टिंकरमा मोबाइल सेवा सञ्चालन
नेपाल टेलिकमले नेपालको उत्तर पश्चिमको अन्तिम बस्ती टिंकरमा मोबाइल सेवा सञ्चालनमा ल्याएको छ ।
टेलिकमले हिजो (सोमबार) देखि टिंकरमा मोबाइल सेवा सञ्चालनमा ल्याएको हो ।
आएपछि अब सो क्षेत्रका जनताले सहज रुपमा आफ्नै मोबाइलमार्फत फोन गर्न सक्ने भएका छन् ।
चीनको सिमानासँगजोडिएको दार्चुलाजिल्लाको व्यास गाउँपालिका वडा नम्बर १ मा अवस्थित उत्तर पश्चिमी नाका टिंकरमा नेपाल टेलिकमले भीस्याट प्रविधिमार्फत टुजी प्रविधिको सेवा सञ्चालनमा ल्याएको हो ।
कम्पनीले यसका लागि आवश्यक सामग्री कैलालीको अत्तरिया र दार्चुलाको छाङरुबाट टिंकर पु¥याएको थियो ।
पहिले सो क्षेत्रमा भीस्याट प्रविधिकादुई लाइन टेलिफोन सञ्चालनमाथिए । अब भने टिंकर क्षेत्रमा रहेका करिव ५ सय सेवाग्राहीले आफ्नै मोबाइलबाट कुराकानी गर्न सक्ने छन् ।
यो वाहेक सो क्षेत्रमाअवस्थित सशस्त्रप्रहरी बल र इलाकाप्रहरी कार्यालयमाकार्यरत प्रहरी तथा सो क्षेत्रमाआउने पर्यटकहरु समेत यसबाट लाभान्वितहुनेछन् ।
करिव ३ हजार ७ सय मिटरकोउचाईमाअवस्थित टिंकरभारत सहितको त्रिदेशीयसिमानाजोडिएको स्थान छाङरुबाट करिव १२ किलोमिटर र सदरमुकाम खलंगाबाट करिव ८० किलोमिटर दुरीमाअवस्थितछ ।
त्यहाँबाट करिव ८ किलोमिटर हिँडेपछि चीनको सिमानास्थित १ नम्बर पिलर पुग्न सकिन्छ ।
नेपाल टेलिकमले प्रतिफल कम आउने र तुलनात्मक रुपमा लगानी बढी हुने स्थानहरुमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै टिंकरमा समेत सेवा सञ्चालनमा ल्याइएको टेलिकमका प्रवक्ता शोभन अधिकारीले बताए ।
प्रकाशित मिति: १७ आश्विन २०८०, बुधबार