६८ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस आज
काठमाडाैं, मंसिर २५
आज ६८ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस , नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाईंदै छ ।
संयुक्त राष्ट्र संघको महासभाले मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र पारित गरेको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर १० का दिन यो दिवस मनाउने गरिन्छ ।
संयुक्त राष्ट्रसंघ महासभाले सन् १९४८ को डिसेम्बर १० मा मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र जारी गरेको थियो ।
यस दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाललगायत राजनीतिक दलका नेताहरुले शुभकामना दिएका छन् ।
नेपालको संविधानमा सुनिश्चित गरिएको मानवअधिकारलाई जनताले उपभोग गर्न पाउने अवस्था सृजना गरिनुपर्नेमा सबैले जोड दिएका छन् ।
यस अवसरमा संयुक्त राष्ट्र संघका महासचिव वानकी मुनले सबैको आधारभूत स्वतन्त्रता र मानवअधिकार रक्षाका लागि एकजुट हुन सबैमा अपील गरेका छन् ।
प्रकाशित मिति: २५ मंसिर २०७३, शनिबार